हाम्रो बारेमा

गण्डकी प्रदेशका ११ जिल्लाहरु मध्ये हिमालपारीको जिल्ला भनेर चिनिने मनाङ जिल्लामा सामाजिक विकास कार्यालयको स्थापना मिति २०७८।०६।१३ गते भै सेवारम्भ भएको हो । यो कार्यालय मनाङ जिल्लाको सदरमुकाम चामे गाउँपालिका वडा नं. ४ मा अवस्थित छ । कार्यालयको आफ्नै भवन नभएको हुँदा यो कार्यालय स्थापनाकाल देखि नै भाडाको घरमा सञ्‍चालित छ । देश सङ्‍घीय संरचनामा गई साविकको महिला विकास कार्यालय खारेज भएपछि सो कार्यालयले महिला,वालवालिका, लैङ्‍गिक अल्पसंख्यक र ज्येष्ठ नागरिक लगायतका क्षेत्रमा गर्दै आएको कार्य ओझेलमा परेको परिप्रेक्ष्यमा सो कार्यालयले गर्दै आएको कार्यका अतिरिक्त युवा तथा खेलकुद, श्रम तथा रोजगार, भाषा तथा संस्कृति लगायतका क्षेत्रमा आवश्यक कार्य गर्न सामाजिक विकास कार्यालयको स्थापना भएको हो । नेपालको संविधान, संघीय नीति तथा कानून, गण्डकी प्रदेश सरकारका नीति तथा कार्यक्रम र आवधिक योजनाहरुको कार्यान्वयनमा सुधार ल्याई बृहत्तर सामाजिक,आर्थिक र मानवीय विकासमा सहयोग पुर्‍याउँदै समतामूलक समाज निर्माणमा योगदान पुर्‍याउने लक्ष्यका साथ गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गत सो मन्त्रालयको जिल्लागत कार्यान्वयन इकाईका रुपमा यस जिल्लामा समेत सामाजिक विकास कार्यालयको स्थापना भएको हो । गण्डकी प्रदेश सरकार तथा नेपाल सरकारबाट वार्षिक रुपमा विनियोजन हुने बजेट तथा कार्यक्रमको परिधिभित्र रही तोकिएका कार्य गर्नु यस कार्यालयको जिम्मेवारी हो । गण्डकी प्रदेश सरकार कार्य विभाजन नियमावली, गण्डकी प्रदेश सरकारको सङ्‍गठन तथा व्यवस्थापन सर्वेक्षण तथा अन्य प्रचलित कानून बमोजिम यस कार्यालयले मुलत: सामाजिक सांस्कृतिक क्षेत्रका पूर्वाधार विकास तथा सामाजिक सचेतना अभिवृद्धि र सामाजिक, सांस्कृतिक तथा लैङ्गिक क्षेत्रको संरक्षण र विकास जस्ता क्षेत्रमा कार्य गर्दछ । मनाङ जिल्लाका चामे लगायत अरु तीनवटा गाउँपालिकाहरु-नासोँ गाउँपालिका, नार्पाभूमि गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिका यस कार्यालयको भौगोलिक कार्य क्षेत्र हो । महिला, बालबालिका, युवा, दलित, अपाङ्गता भएका व्यक्ति, लैङ्‍गिक अल्पसंख्यक, ज्येष्ठ नागरिक, शिक्षक-विद्यार्थी, पिछडिएको वर्ग समूदाय लगायत सामाजिक संरक्षण आवश्यक पर्ने विभिन्न क्षेत्रका भौतिक पूर्वाधार विकास र जागरण, सशक्तिकरण, सचेतना अभिबृद्धि, सीप तथा क्षमता विकास गर्नु यस कार्यालयको मुख्य कार्य हो ।    

अकल बहादुर सिजापति

अकल बहादुर सिजापति

कार्यालय प्रमुख

कार्यविधि / मापदण्ड

  • युवा तथा खेलकुद सम्बन्धी कार्यक्रम तथा बजेट कार्यान्वयन मापदण्ड, २०८०

    डाउनलोड
  • शिक्षा, भाषा, संस्कृति र पुरातत्व संरक्षण सम्बन्धी स्वीकृत कार्यक्रम तथा बजेट कार्यान्वयन मापदण्ड, २०८०

    डाउनलोड
  • महिला, बालबालिका र समाजकल्याण तर्फका स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयन मापदण्ड, २०८०

    डाउनलोड

सम्बन्धित रेकर्ड फेला परेन।